
धनगढी । कैलालीमा आइतबार जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चुरे गाउँपालिकाको–६ भिमदत्त राजमार्ग अन्र्तगत फल्टुँडेमा जिप दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय भानु ठकुन्नाको निधन भएको हो ।
मेलकट्टेश्वर मावि चुरे–६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर निधन भएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा वर्ष १७ का हरिश धामी,वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परि घाइते भएका छन। घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यलय फलटुडेका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फकिरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन् ।