Under Menu add (Inside news)

असल अभिभावक शेखर दाइ

अहिलेको समय भनेको स्व. कवि शिरोमणि लेखनाथ पौड्यालले भने जस्तो
“म खाउँ मै लाउँ सुख सयल वा मोज म गरु
बचूँ मैना नाचूँ अरु सव मरुन दुर्वलहरु
भनी दाह्राधस्दो अबुझ सठदेखि छक परी
चित्ता खित्का छोडी अभयसित हाँस्यो मरी मरी” 

भन्ने जस्तै राजनीतिमा यो श्लोकले हरेक नेताहरूको चरित्रलाई प्रतिबिम्बित पारिरहेको हुन्छ । तर कहिलेकाँही यसमा अपवाद पनि हुन्छ भन्ने कुरा नेपाली कांग्रेसका नेता शेखर कोइरालाबाट देखिन थालेको र आम नेता कार्यकर्ताले त्यसलाई अनुभूति गर्न थालेका छन्।

शेखर कोइराला नेपाली कांग्रेसमा कोइराला परिवारको विरासत जोगाउन मात्रै नभएर अहिले साँच्चिकै समग्र रूपमा असल अभिभावक कस्तो हुनुपर्छ भन्ने कुराको स्पष्ट सन्देश सहित महत्त्वपूर्ण भूमिका निभाएको पाउँछौँ। तपाई हामीले एक अभिभावकको नाताले जसरी आफ्ना परिवारका लागि आफ्नो सन्तानका लागि आफ्ना व्यक्तिगत लाभ, सुखसयल, पद, मान, प्रतिष्ठालाई तिलाञ्जलि दिन पछि पर्दैनौँ त्यसैगरी उहाँबाट पनि पटकपटक आफ्ना नेता कार्यकर्ताहरूका लागि त्यो त्याग र समर्पण गरेको पाउँछौँ

हालसम्म पार्टीगत कुनै लाभको पद र महत्त्वपूर्ण जिम्मेवारी नलिएका कोइराला गएको संसदीय दलको निर्वाचनमा आफू १४ औं महाधिवेशनमा पार्टी सभापति शेर बहादुर देउवासँग प्रतिस्पर्धा गरेको भएपनि आफ्नै टिमबाट चुनाव लडेर जितेका महामन्त्री गगन कुमार थापाले इच्छा राखेपछि आफू सर्हष पछि हट्नु भयो ।

यस पटक पनि सरकारमा सहभागी हुने कुरामा पार्टी सभापतिले रोजेको मन्त्रालय सहित मन्त्रिमण्डलमा सहभागी हुन पटकपटक आग्रह गर्दा पनि आफ्नो टिमबाट आफू नगएर अन्य नेताहरूलाई नै अगाडि सार्ने जुन त्याग कोइरालाले गर्नु भएको छ यसले आम नेता र कार्यकर्ताको मनमा खुशी ल्याएको छ । पार्टीमा त्यागी नेताहरू पनि रहेछन् हामी अभिभावक विहीन हुनुपर्ने छैन भन्ने कुराको आशा जगाएको छ ।

शेखर दाइका लागि  व्यक्तिगत रुपमा यो समय राजनीतिक र  पदीय हिसाबले निकै महत्त्वपूर्ण अवसर हुन सक्थ्यो तर शेखर दाइको आफू सरकारमा सहभागी नहुने निर्णयले असल नेतृत्व र अभिभावकले त्याग पनि गर्न सक्नु पर्छ भन्ने स्पष्ट सन्देश दिएको छ । जुन हामी जस्ता लाखौं  कार्यकर्ताहरू लाई थप उत्साह मिलेको छ । र उहाँको यस्तै खालको  निर्णयहरूबाटै उहाँमा अब पार्टी भित्र कुनै टिमको मात्रै होइन समग्र पार्टीको र देशकै नेतृत्व लिएर देशकै अभिभावक हुनसक्ने क्षमता प्रष्ट भएको छ । – ध्रुव शर्मा 

Loading...