
काठमाडौँ । कर्णाली प्रदेश सरकारले चैत्र शुक्ल नवमी (राम नवमी) को दिन चैत्र १६ गते सार्वजनिक बिदा दिने भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव एंव प्रवक्ता निधिराज न्यौपानेले आज सूचना प्रकाशित गर्दै चैत्र १६ गते बिहीबार राम नवमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको जानकारी दिए ।
वि.सं. २०७८ साल चैत्र २९ गते भएको क्याविनेटको निर्णयअनुसार चैत्र शुक्ल नवमीको अवसरमा प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिन सूचना गरिएको सूचनामा उल्लेख छ ।
‘चैत १६ गते बिहीबार चैत्र शुक्ल नवमी (राम नवमी) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७८/१२/२९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ’,सूचनामा भनिएको छ ।