Under Menu add (Inside news)

बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेको अध्यक्षमा हर्क गुरुङ निर्विरोध निर्वाचित

काठमाडौं । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यकेको अध्यक्षमा हर्क गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गत फेब्रुअरि २६ मा लण्डनस्थित अल्डरसटस्थित बीसीसी यके गुम्बामा सम्पन्न १६ औं साधारणसभा तथा पाचौ अधिवेशनले गुरुङको अध्यक्षतामा २५ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।

यसअघि दुई कार्यकाल उपाध्यक्षको भमिकामा रहेका गुरुङ प्रोजेक्ट मेनेजरका रुपमा लामो समयदेखि जिम्मेवारीमा थिए । नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसटमा प्रोपर्टी इन्भेष्टरको रुपमा परिचित गुरुङ विभिन्न संघसंस्था पनि आवद्ध छन् ।

सरल स्वभावका गुरुङ भतपर्व गोर्खा पनि हुन् । अधिवेशनमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई बीसीसी यकेका धर्म गुरुङ टुल्कु जिग्मे सामतेन रिन्पोछेले पद तथा गोपनियताको सपथ गराएका थिए ।

कार्यक्रममा निवर्तमान चौंथो कार्यसमितिका अध्यक्ष धर्म तामाङले आफ्नो कार्यकाल सफलतापर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै नया कार्यसमितिलाई बधाई दिए ।

नवनिर्वाचित अध्यक्ष गुरुङले आफलाई पाचौं कार्यसमितिको जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद दिदै सबैको साथ, सहयोग, सल्लाह र सुझावका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

Loading...