
काठमाडौं । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र आयोजक बंगलादेशबीच खेल हुँदैछ ।
यी दुई टोलीबीचको खेल ढाकास्थित बीएस एसएस मोस्ताफा कमल स्टेडियममा दिउँसो ३ बजे हुनेछ । नेपाल बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । बंगलादेश भने तेस्रो जितको खोजीमा हुनेछ ।
नेपाल ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । प्रतियोगिताको अन्तिम खेलमा आज नै रसिया र भारतबीच प्रतिस्पर्धा हुनेछ ।