Under Menu add (Inside news)

मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने रविको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार बिहानै टंगालमा मिटरब्याज पीडितहरुको धर्ना कार्यक्रममा सहभागी भएका लामिछानेले उनीहरुको समस्या समाधानको पहल गर्ने बताएका हुन् ।

‘म यहाँ धर्नामा ऐक्यबद्धता जनाउन आएको होइन, समस्या समाधानको पहल गर्ने बाचा गर्न आएको हुँ, लामिछानेले भने आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुँदैछ । त्यहाँ मेरा कुरा राख्नुभन्दा पहिला तपाईहरुको समस्याका बारेमा जानकारी गराउँछु,’ उनले भने ।

लामिछानेले मिटर ब्याज पीडितको समस्या कानुनी उपचारबाट सम्भव नरहेको पनि बताए । साहुहरूले अनेक किसिमका झुटा कागजपत्र तयार गरेकोले पीडितले अदालतबाट न्याय पाउन नसक्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई त्यसतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी गरेका छन् ।

Loading...