Under Menu add (Inside news)

नेपालमा लगातार बढ्दै कोरोना संक्रमित, भारतमा दश हजार नाघे

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी चैते डढेलो झैं फैलिएको छ । सोमबार एकैदिन ६९ जना संक्रमित पाइएका छन् । ४८८ पीसीआर परीक्षणबाट २५ जना र ७७८ एन्टिजेन परीक्षणबाट ४४ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो संख्या परीक्षणको साढे पाँच प्रतिशतमा पाइएको हो । पीसीआरबाट एकैदिन २५ संक्रमित फेला गरेको यो वर्षकै उच्चमध्येको एक हो । योसँगै पीसीआरबाट पाइएका सक्रिय संक्रमित बढेर ६६ पुगेका छन् । संक्रमित बढेसँगै खोप लगाउनेको संख्या पनि बढ्दै गएको छ । सोमबार ३४ हजार ८८१ जनाले खोप लगाएका छन् ।

भारतमा दश हजार नाघे कोरोना संक्रमित

भारतमा कोरोना भाइरस संक्रमित बढेका छन् । १३४ दिनपछि कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । आइतबार मात्रै एक हजार ८०५ संक्रमित थपिएका छन् । जसमा ६१ प्रतिशत संक्रमित गुजरातका हुन् ।

आइतबार ६ जनाको ज्यान गएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेर ५ लाख ३० हजार ८३७ पुगेको छ। स्वास्थ्य मन्त्रालयले सोमबार बिहान ८ बजे पछिल्लो २४ घण्टाको तथ्यांक सार्वजनिक गर्दै सक्रिय संक्रमितको संख्या १० हजार ३०० पुगेको जनाएको छ । अहिले दैनिक पोजेटिभिटी प्रतिशत ३।१९ र साप्ताहिक पोजेटिभिटी प्रतिशत १।३९ रहेको छ।

Loading...