Under Menu add (Inside news)

त्रिवि केन्द्रीय क्याम्पस र थापाथलीको स्ववियु सभापतिमा नेविसंघ विजयी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार श्याम ओझा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भएका हुन् ।

ओझाले ९६२ मत पाउँदा विष्टले ७३१ मत पाए । ओझाले २२५ मतान्तरले विष्टलाई पराजित गरेका छन् ।

थापाथलीको सभापतिमा नेविसंघका शाही विजयी

काठमाडौँको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघ विजयी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा (नेविसंघ) का पुष्कर शाही विजयी भएका हुन् ।

यस्तै, दोस्रोमा अनेरास्ववियु भएको छ भने तोस्रोमा अखिल क्रान्तिकारी भएको निर्वाचन समितिले जनाएको छ ।

 

Loading...