
काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ। आज बसेको कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए। बैठकले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने उनले बताए।
सरकारबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक जारी
नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरू भएको छ। पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक सुरू भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक, प्रधानमन्त्री प्रष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारको विषयमा छलफल हुने बताइएको छ।