Under Menu add (Inside news)

सस्तो भयो टोयोटा हाइलक्सको वेस भेरिएन्ट, वाँकी दुई भेरिएन्टको मूल्य बढ्यो

टोयोटाले भारतमा हाइलक्स पिकअपको मूल्य हेरफेर गरेको छ । कुल तीन भेरिएन्टमा उपलब्ध यसको वेस भेरिएन्ट एसटिडी एमटीको मूल्य ३ लाख ५९ हजार भारतीय रुपैयाँले कम गरिएको छ भने वाँकी भेरिएन्ट हाई एमटी र हाई एटीमा क्रमश १ लाख ३५ हजार र १ लाख १० हजार भारु वढाइएको छ । भारतमै उत्पादन भएको यो प्रिमियम पिकअपको शुरुवाती मूल्य ३० लाख ४० हजार तोकिएको छ।

टोयोटाले यो प्रिमियम पिकअपलाई भारतमा अघिल्लो वर्ष लन्च गरेको थियो । उच्च मागका कारण सप्लाई चेनमा समस्या आएपछि कम्पनीले यसको विक्री केही सयमका लागी वन्द समेत गरेको थियो । पछि यसै वर्षको जनवरीदेखी यसलाई बिक्री गर्न थालिएको हो।

नेपाली बजारमा समेत निकै नै लोकप्रिय वनिरहेको हाइलक्समा २.८ लिटरको डिजेल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २०४ पिएस र टर्क ५०० एनएम रहेको छ । यसमा ६ स्पिड म्यानुअल र टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ । यो पिकअपलाई पावर र इको मोडमा चलाउन सकिन्छ ।

टोयोटा हााइलक्समा ८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ६ स्पिकर साउन्ड सिस्टम, ८ तवरबाट एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट र क्रुज कन्ट्रोल लगायत फिचर उपलब्ध छ । मूल्य कम गरिएको यसको वेस भेरिएन्टमा एलइडी लाइटको सट्टा हेलोजन लाइट दिइएको छ भने म्यानुअल एसी, फेव्रिक सिट र म्यानुअल्लि एड्जस्टेवल ड्राइभर सिट पाउन सकिन्छ ।

सेफ्टिका लागी भने अन्य भेरिएन्ट सरहनै ७ वटा एयर व्याग, इलेक्ट्रिोनिक स्ट्याविलिटी कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर र रिभर्स क्यामेरा लगायत उपलब्ध गराइएको छ । हाइलक्सले इसुजु भी–क्रससंग प्रतिस्पर्धा गरिरहेको छ ।

Loading...