
काठमाण्डाै l कलाकार हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा नयाँ गीत ‘काउली’ सार्वजनिक भएको छ ।
लोक लयमा आधारित ‘काउली’ बोलको गीतमा गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् । गीतमा आचार्यसँगै प्रकाश सपुत र प्रियंका कार्कीले अभिनय गरेका छन् ।
गीतको भिडियोमा चेलबेटी बेचबिखनविरुद्धको सन्देश दिन खोजिएको छ । गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने कलाकार आचार्यको भनाइ छ ।