Under Menu add (Inside news)

राष्ट्रपति पौडेल र भारतीय समकक्षीबीच टेलिफोन संवाद

काठमाडौँ l नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबीच आज टेलिफोन संवाद भएको छ।

हाल केरल प्रदेश भ्रमणमा रहेकी राष्ट्रपति मुर्मूले राष्ट्रपति पौडेललाई फोन गरी राष्ट्रपतिको कार्यभार सम्हालेकोमा बधाई दिएकी छन्।

दुवै देशका राष्ट्रपतिले नेपाल र भारतबीच अनुपम र बहुआयामिक सम्बन्ध रहेको चर्चा गरे। उनीहरूले द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र दुई देशका जनताबीचको मित्रता थप सुदृढ गर्ने उपायहरूबारे पनि छलफल गरे।

राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपालबीचको द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने भारतीय राष्ट्रपति मुर्मूले विश्वास व्यक्त गरिन्।

Loading...