Under Menu add (Inside news)

आज बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढ्दै गएको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार सुनको मूल्य प्रति तोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला १ हजार ३ सय ५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय रुपैयाँ रहेको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

Loading...