
गोरखा । गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईले गण्डकी गाउँपालिका वडा नं ७ का स्थानीयहरुलाई क्रेड वितरण गरेका छन् ।
बजगाईले आफ्नो निजी खर्चमा गोरखा क्षेत्र न १ अन्तर्गत पर्ने गण्डकी गाउँपालिका वार्ड न ६ र ७ का चेपाङ्ग बस्तिहरु हुइलिङ्ग, लुप्राङ्ग, क्यान्तुङ्ग, कौदी, हिपलुङ्ग, थुम्का र भन्ज्याङ्ग गाउँका करिब १ सय २४ घरधुरीका किसानहरुलाई क्रेड वितरण गरिएको उनको निजी सचिवालयले जनाएको हो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति धिरन थापा, नेका जिल्ला सचिव कृष्ण आले, कांग्रेस गण्डकी गाउँपालिका सभापती होम बहादुर राना, पार्टी वडा सभापती रामनारायण श्रेष्ठ र वडा सचिव मिनबहादुर पुलामी लगायत स्थानीय कृषकहरुको उपस्थितिमा क्रेड बितरण गरिएको हो ।