
काठमाडौँ ।बन्दिपुर गाउँपालिकाको अयोजना तथा जाइका अइमिन परियोजनाको प्राविधिक सहयोगमा गणित विषय (अधारभुत तह १-३)को प्रतियोगितात्मकबृहत शैक्षिक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रम बन्दिपुर गाउँपालिकाका ३१ विद्यालयहरूलाइ २ चरणमा विभाजन गरी सम्पन्न भएको कार्यक्रममा दिल अधारभुत विद्यालय प्रथम भएको छ भने भानु मा.वि दितिय र भैरव अधारभुत विद्यालयले तृतिय स्थान हासिल गरेका छन् ।
अधारभुत तहमा गणित विषयको सिकाइमा अभिभावक र शिक्षकको भुमिकालाइ प्रगाढ बनाउन शिक्षक अभिभावक निर्मित शैक्षिक सामाग्री प्रदर्शनी गरिएको हो । अभिभावकले आफ्नो दैनिक जीवनमा प्रयोग हुने विभिन्न बस्तु र सामाग्रीलाई गणित विषयको सिकाइसँग जोड्न सकिनुका साथै बालबालिकालाइ घरमा उपलब्ध सामाग्रीबाट पनि उसका दैनिक जीवनलाइ जोड्दै सिकाइ गर्न सकिने उदाहरणको प्रदर्शनी गरेका थिए । विद्यार्थीको सिकाइका लागि शिक्षकको भूमिका मात्र नभई अभिभावकको पनि सहभागिता र भूमिका हुने यथार्थलाई बुझाउन र विद्यार्थीको सिकाइका लागि अभिभावकको सहभागिता बढाउन सकिने सीप र उपायको आदानप्रदान गर्न सो प्रदर्शनी गरिएको थियो ।
प्रदर्शनीको मुल्यांकन गणित विशेषज्ञ एवं प्रशिक्षक शरदचन्द्र खनाल, ज्ञानेन्द्र पण्डित तथा शिक्षा अधिकृत विष्णु खत्री क्षेत्रीले गरेका थिए ।
कार्यक्रमको समापन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले यस्ता खालका कार्यक्रमले शिक्षण सिकाइमा प्रयोग हुने सामाग्रीको महत्वको बोध हुनुका साथै एक विद्यालयले अर्को विद्यालयबाट पनि धेरै कुरा सिक्नमा मद्दत हुने बताए ।
पहिलो, दोश्रो र तेश्रो हुने विद्यालयलाइ पुरस्कार वितरण गर्दै उहाँले पुरस्कार जित्नु मात्र ठुलो कुरा नभएको बताउँदै अव उक्त सामाग्री कक्षाकोठामा उच्चतम प्रयोग गर्दै बालबालिकाको शिक्षण सिकाइमा सुधार भए मात्र पुरस्कार प्राप्त गरेको अौचित्य हुने उल्लेख गरे र आगामी दिनमा गाउँपालिकाले यस्ता कार्यक्रमहरूलार्इ निरन्तरता दिँदै जाने प्रतिबद्दता समेत व्यक्त गरे ।
पहिलो चरण १५ विद्यालयविचको प्रतिस्पर्धामा आधिँबाराहि आ.वि प्रथम, सेतिगंगा आ.वि दोश्रो तथा पवित्रा मा.विले तेश्रो स्थान हासिल गरेका थिए ।