Under Menu add (Inside news)

मोटरसाइकल दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु

काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका-१ विजयपुरका विनोद महतो रहेका हुन् ।

अर्का एक जना मृतकको भने परिचय खुल्न सकेको छैन् । साेमबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढमा बर्दिबासबाट आउँदै गरेको मोटरसाइकल सडक पेटीमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

Loading...