Under Menu add (Inside news)

सुदूरपश्चिममा जोगियो कांग्रेसको सरकार, मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनुभएको छ । आज आइतवार बसेको प्रदेश सभाको बैठकमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले पनि मत दिएपछि शाहले विश्वासको मत पाउनुभएको हो ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । सभामुखबाहेक ५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले ४१ मत प्राप्त ल्याउनुभएको छ ।

उहाँलाई कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा एमालेका १० र राप्रपाका १ जना गरी ११ मत परेको छ ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा माघ २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यसअघि एमालेबाट मुख्यमन्त्री बनेका रावल नागरिक उन्मुक्ति पार्टीले मत नदिएकै कारण ३० दिनमै पदमुक्त हुनुभएको थियो ।

Loading...