Under Menu add (Inside news)

प्रदेश १ को नाम ‘कोशी प्रदेश’ दुई तिहाई बहुमतले पारित

विराटनगर । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ भएको छ । नेकपा एमालेले प्रदेशसभामा राखेको ‘कोशी प्रदेश’को प्रस्तावको पक्षमा कांग्रेस र माओवादी केन्द्र समर्थन जनाएपछि मदतान प्रक्रियामा लैजादा उक्त प्रस्तावको पक्षमा दुई तिहाई बहुमत जुटेपछि कोशी प्रदेश नामाकरण भएको हो ।

सभामुख बाबुराम गौतमले ‘कोशी प्रदेश’को नाम दुई तिहाई बहुमतले पारित भएको जानकारी दिनु भएको हो । प्रस्तावको पक्षमा ८२ मत र बिपक्षमा ४ मत परेको थियो । मतदानमा ६ जना प्रदेश सभा सदस्य अनुपस्थित रहेका थिए ।

प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित अर्काे प्रस्ताव दर्ता गरेका थिए । तर उक्त प्रस्तावमा छलफल भएन । सुरुमा एमालेको प्रस्तावमा समर्थन गरेपनि कांग्रेस र माओवादी त्यसमा पछाडि हटेका थिए ।

तर अन्तिममा तीन दलबीच सहमति बनेपछि कोशीको नाममा बहुमत जुटेको हो। प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाको १ जना सांसद छन् । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । योसँगै अब सातै प्रदेशको नामाकरण भएको छ । ६ वटा प्रदेशको यस अघि नै नामाकरण भइसकेको छ।

Loading...