Under Menu add (Inside news)

सप्तरीमा सवारी दुर्घटना, तीन जनाको ज्यान गयो, १२ घाइते

सप्तरी l सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर ९ विष्णुमन्दिर नजिक दुई वटा जीप ठोक्किँदा दुई जनाको ज्यान गएको छ।

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षका हरेराम साह हलुवाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुलाई स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ।

यस्तै, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर ३ पोर्तहामा कारले पैदल यात्रुलाई ठक्कर दिँदा ३५ वर्षीय एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन।

Loading...