Under Menu add (Inside news)

३६० डिग्रीमा फर्कियो राजनीति, सत्तारोहणमा कांग्रेस, बाहिरियो एमाले, ६ प्रदेश सरकार धरापमा [भिडियोसहित]

काठमाडौं । राष्ट्रपतिको निर्वाचनसँगै सत्ता गठबन्धनमा पनि फेरबदल आएको छ । हिजो बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसका उमेद्वारलाई समर्थन गर्ने निर्णय गरेसँगै एमाले नेतृत्वको गठबन्धन दुइ महिनामै तुहिएको हो ।

निर्वाचन लगत्तै १८० डिग्रीमा घुमेको राजनीति दुई महिना पुग्दा नपुग्दै पुन १८० डिग्रीमा फन्को मारेर ३६० डिग्रीमा घुमेको छ। नयाँ गठबन्धनमा आजको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमोर्चा छन् ।

६१ दिनमा भत्कियो गठबन्धन : ६१ दिनको सत्तारोहणपछि एमाले सरकारबाट बाहिरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुलाई आज नै सरकारबाट बाहिरिनेबारे जानकारी गराएका छन् । हिजो साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिएको हो । एमालेबाट अहिले विष्णु पौडेलको नेतृत्वमा मन्त्रीहरु सहभागी छन् । एमाले बाहिरिएपछि कांग्रेस सरकारमा सहभागी हुने तयारी गरेको छ ।

कांग्रेसबाट राष्ट्रपतिमा पौडेल पक्का : राष्ट्रपति उमेद्वारको विषयमा आज कांग्रेसले उमेद्वारको नाम टुँगाउने भएको छ । कांग्रेसका शीर्ष नेताहरुका अनुसार कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम करिब टुंगिए जस्तै हो । संसदीय दलको निर्वाचनका क्रममा पौडेललाई वचन दिएका कारण पनि देउवाले यसपटक पौडेललाई धोका नदिने देखिएको छ । यसमा कांग्रेसका दुई तिहाई बढि सदस्यहरु देउवाकै पक्षमा खुलेर लागेका छन्।

Loading...