Under Menu add (Inside news)

राष्ट्रपतिमा तानातान, एमाले र कांग्रेस दुवैतिर प्रचण्डकै भर, प्रचण्डकै डर ? [भिडियो]

काठमाडौं । अहिले देशको राजनीति नै राष्ट्रपति निर्वाचनको वरिपरि घुमिरहेको छ । दलहरू दिनरात नभनी छलफलमा जुटिरहेका छन् ।सबैको ध्यान आफूले भनेकै व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्नेमा केन्द्रित छ । राष्ट्रपति निर्वाचनलाई लिएर राजनीतिक समीकरणमा फेरबदलको संकेत समेत देखिन थालेको छ । यस्तो अवस्थामा कसरी चुनिन्छन् राष्ट्रपति ? कुन-कुन दल मिलेमा चुन्न सक्छन् राष्ट्रपति ?

यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । तर, अहिलेसम्म राजनीतिक दलहरुले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । एमालेले आफ्नै राष्ट्रपतिमा जोड दिइरहेको छ । तर, सत्ता घटक माओवादी केन्द्रले भने राष्ट्रपति राष्ट्रिय समहमति अडान छाडेको छैन ।

सरकार गठनका बेला निर्णायक भएको माओवादी राष्ट्रपति निर्वाचनमा पनि निर्णायक नै छ । त्यसैले कांग्रेस र एमाले दुबै दल माओवादीलाई साथ लिएर राष्ट्रपति आफ्नो पोल्टामा पार्न भरपुर प्रयत्नमा छन्।

Loading...