Under Menu add (Inside news)

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन मिति माघ २३ गतेलाई तोकिएको छ। शुक्रबारको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी समय तोकेका हुन्।

बैठकले निर्वाचन कार्यक्रम सार्वजनिक गर्न संघीय संसद्का महासचिव डा. भरतराज गौतमलाई निर्देशनसमेत दिएको छ।राष्ट्रिय सभाका तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएपछि उक्त पद एक वर्षदेखि रिक्त छ ।

शुक्रबार तीन मिनेट ५४ सेकेण्ड मात्र बसेको बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ।

शिक्षामन्त्री शिशिर खनालले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको थियो। निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभाको अर्को बैठक माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा बस्नेछ।

Loading...