Under Menu add (Inside news)

अभिनेता अनु कपुरलाई हृदयघात

एजेन्सी । भारतीय अभिनेता अनु कपूरलाई बिहीबार हृदयघात भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार हृदयघात भएपछि उनलाई दिल्लीको गंगाराम अस्पतालमा भर्ना गरिएको थियो। अनु अहिले चिकित्सकको निगरानीमा रहेको र अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ।

अनुलाई छातीमा समस्याका कारण भर्ना गरिएको भन्दै गंगाराम अस्पतालको व्यवस्थापनले आधिकारिक विज्ञप्ति जारी गरेको छ । उनको जन्म २० फेब्रुअरी १९५६ भोपालमा भएको थियो । उनको वास्तविक नाम अनिल कपुर थियो।

तर, बुबाको थिएटर कम्पनीमा आबद्ध भएपछि उनको नाम अनु कपूर राखियो। अभिनेता हुनुका साथै अनु गायक, टिभी होस्ट र रेडियोमा पनि काम गर्दछन्। उनले आफ्नो ४० वर्षको करियरमा १०० भन्दा बढी फिल्मका साथै धेरै टिभी सिरियलमा काम गरिसकेका छन्।

अनुले अमिताभ बच्चनको फिल्म ‘काला पत्थर’ बाट बलिउडमा डेब्यु गरेका थिए । तर, उनलाई वास्तविक पहिचान फिल्म ‘उत्सव’ बाट मिलेको हो।

Loading...