Under Menu add (Inside news)

आज (शुक्रबार) ह्वात्तै घट्यो सुन, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ ह्वात्तै घटेको छ । हिजो प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको मूल्यमा आज भने भारी गिरावट आएको हो । आज सुन प्रतितोला ११ सय रुपैयाँले घटेको छ ।

बिहीबार प्रति तोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ११ सयले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। हिजो तेजावी सुन १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कायम छ। हिजो प्रतितोला १५ रुपैयाँले बढेको चाँदी आज शुक्रबार भने स्थिर रहेको छ ।

 

Loading...