
काठमाडौँ । नेपाली लाइभ दोहोरीका हस्ती लोकप्रिय गायक भीम पौडेल संधैको लागि अस्ताएका छन्। दोहोरी क्षेत्रबाट सर्बाधिक नाम कमाएका भीम स्याङ्जा जिल्लामा जन्मिएका गायक हुन्। दोहोरी गाउँदा गाउँदै हाँसेर सबैलाई आफूतिर तान्ने फरक कला भएका भीमले सबैलाई रुवाएर गएका हुन्।
रातको ११ः२० मा निधन भएको रहेछ,आजै बिहान भिमको सब पोखरामा ल्याइने जानकारी पाएको इन्द्रेणीका संचालक कृष्ण कंडेलले बताए । लामो समय देखि बिरामी रहेका भीम डिप्रेसनको सिकार समेत रहेको पारिवारिक श्रोतले बताएको छ।केहि समयदेखि सानो–सानो कुरामा पनि तनाब लिने र काम प्रति खासै चासो नदिने पौडेलले एक महिना अगाडी इन्द्रेणीको स्टुडियोमा पुगेर एउटा मात्रै दोहोरी गएका थिए।
निधन के कारणले भयो भन्ने खुल्न नसकेपनि झन्डै २ महिना देखि पौडेल निकै बिरामी रहेको पारिवारिक श्रोतले जनाएको छ । परिवारका अनुसार, २ महिना देखि राम्रोसँग नखाने, एकोहोरो हुने जस्ता शैलीले परिवार निकै चिन्तित रहेको थियो। भिममा देखिएको एकाएक त्यो लक्षणले चिन्तित परिवारलाई चिन्तामै छाडेर गएका छन्।
भीमले २ बर्षको उमेर हुदै बाबा गुमाएका थिए ,७८ बर्षीय एक्ली आमालाई झन् एक्लै बनाएर भीम सधैलाई संसार छाडेर गए।५ भाई र ४ दिदि बहिनी मध्यका कान्छो छोरा भीम २०४१ सालमा स्याङ्गजा पुतलीबजार नगरपालिकामा जन्मिएका थिए। परिवारको कान्छो छोरो भएको कारण पनि आमाको काखमै हुर्किने खेल्ने गरे। ठुलो हुदा सम्म आमासँगै बसेका उनी १ महिना देखि आमा संगै गाउँमा बस्दै आएका थिए।