Under Menu add (Inside news)

दाङको टरिगाउँ एयरपोर्टमा भोलि सीता एयरले परीक्षण उडान गर्दै

तुलसीपुर । दाङको टरिगाउँ एयरपोर्टमा सिता एयरले परीक्षण उडान भर्ने भएको छ । निजी कम्पनीको विमान सिता एयरले पहिलो चरणमा शुक्रबार ११ बजे परीक्षण उडान भर्ने दाङ विमानस्थलका ट्राफिक कन्ट्रोलर गणेश अर्यालले जानकारी दिनुभयो ।

परीक्षण उडानका लागि क्यानबाट अनुमति लिएर एयरपोर्ट जानकारी आएको कन्ट्रोलर अर्यालले बताउनुभयो । परीक्षण उडान सफल भएमा नियमित उडान भर्ने तयारी सिता एयरले गरेको छ । टरिगाउँ एयरपोर्टबाट इन्धन डिपो सञ्चालनमा आएपछि सिता एयरले चासो देखाएको हो ।

यता तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले नियमित उडानका लागि कुरा भए अनुसार सिताले परीक्षण उडान भर्न लागेको बताउनुभयो।

अहिले नेपाल एयरलाइन्सले हप्तामा ४ दिन एक दिन बिराएर आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्दै आइरहेको छ । दाङ काठमाण्डु र काठमाण्डु दाङको भाडा प्रति व्यक्ति ९ हजार देखि १२ हजार ३ सय सम्म रहेको छ।

Loading...