Under Menu Ad KTM

झापाको चिया बगानमा युवक-युवती झुण्डिएको अवस्थामा फेला

झापा । झापाको चिया बगानमा युवक-युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको कचनकवल गाउँपालिका– ४ केचनामा रहेको एभरेस्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।

अन्दाजी २५ वर्षका युवक र १८ वर्षकी युवती रहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ । घटनाबारे विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

Loading...