Under Menu Ad KTM

जापानमा ५ जना नेपालीको निधन

काठमाडौँ । जापानमा जनवरीको तेस्रो साता नबित्दै पाँच जना नेपालीको निधन भएको छ । २०२३ को पहिलो महिनाको तेश्रो साताभित्रै पाँच जना नेपालीको मृत्यु भएको हो।

जनवरी २०२३ को पहिलो दिन नै एक नेपाली युवाको टोकियोमा मृत्यु भएको थियो । त्यस पश्चात् जनवरी १५ तारिख, गिफुमा उपचार गराइरहेका अर्का एक नेपालीको उपचारकै क्रममा निधन भएको थियो ।

त्यसै, गरि टोकियो बस्दै आएका रुपन्देहीका अर्का एक युवाको पनि मृत्यु भएको थियो । यद्यपि उनको बारेमा भने कुनै जानकारी सार्वजनिक गरिएन ।

पछिल्लो समय जनवरी १७ तारिखका दिन गुल्मी घर भई हाल जापानको फुकुओका बस्दै आएका २० वर्षीय युवकको निधन भएको छ । उनी गुल्मी नेपालबाट जापानमा तीन वर्षअघि आएका थिए ।

त्यसपछि २१ तारिख शनिबार कावासाकीमा अर्का नेपालीको पनि उपचारकै क्रममा निधन भएको जानकारी प्राप्त भएको छ ।

Loading...