Under Menu Ad KTM

७ महिनादेखि स्थगित मतदाता नामावली संकलन कार्य पुनः सुरु

काठमाडौं । निर्वाचन आयोगले झन्डै सात महिनादेखि स्थगित गरेको मतदाता नामावली संकलन गर्ने कार्यलाई पुनः सुरु भएको छ । आयोगले देशभरका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने कार्य चालु गरेको हो ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका मिति (मंसिर ४ गते आइतबार) घोषणा गरेको दिन गत श्रावण १९ गतेदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको थियो।

मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४ मा निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाताको नाम दर्ता गर्न नमिल्ने प्रावधान रहेको छ । आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार जिल्लास्थित कार्यालयबाट प्रि–इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमार्फत सीधै नामावली संकलन गर्दा निकै चाप बढेका कारण सर्वसाधारणले विगतमा निकै सास्ती व्यहोर्नुपरेको थियो । विगत अनुभवलाई समिक्षा गर्दै अनलाइन प्रणालीबाट नामावली संकलन गर्ने कार्यलाई निरन्तरता दिइएको हो।

Loading...