Under Menu Ad KTM

आयो स्टार्ट गर्न चावी नचाहिने होन्डा एक्टिभा एच-स्मार्ट, कति पर्छ मुल्य ?

काठमाडौँ । जापनिज टु ह्विलर निर्माता होण्डाले भारतमा आज नयाँ स्कुटर लन्च गरेको छ । होन्डाले ११० सिसी सेग्मेन्टमा पहिलो पटक किलेस फिचर दिएर एक्टिभा एच–स्मार्टलाई लन्च गरेको हो । किलेस फिचर वाहेक यसमा अन्य थुप्रै स्मार्ट फिचर दिइएको छ ।

यो नयाँ स्कुटरलाई चावी वेगरनै स्टार्ट गर्न सकिन्छ । इलेक्ट्रोनिक की फवको साहयतामा स्कुटर स्टार्ट गर्नदेखी ह्यान्डल वार, फ्यूल फिलर क्याप र अन्डर सिट स्टोरेजलाई अनलक समेत गर्न मिल्छ । जसका लागी यसको की फवमा विभिन्न अप्सनहरु दिइएको छ ।

प्राय कारमा प्रयोग हुँदै आइरहेको यो फिचरलाई होन्डाले पहिलोपटक एच–स्मार्टमा दिएको हो । यो स्मार्ट फिचर वाहेक स्कुटरमा अलोई ह्विल समेत उपलब्ध गराइएको छ । जसले स्कुटरलको लुक्समा निखारपन दिएको छ । यो स्कुटरको उत्पादन होण्डाले अवको केही दिनपछि शुरु गर्ने र लगत्तै बिक्रीका लागी शोरुममा पठाउने वताएको छ ।

भारतमा २० वर्षदेखी बिक्री हुँदै आएको एक्टिभा स्कुटर सेग्मेन्टमा सर्वाधिक विक्री हुने मोडल हो । नेपाली बजारमा समेत बिक्री हुँदै आएको एक्टिभाको यो नयाँ मोडल अवको केही समयपछि यहाँको बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यो नयाँ स्कुटरको मूल्य ८० हजार ५३७ भारु निर्धारण गरिएको छ ।

Loading...