
काठमाडौं । गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । सोमबार बसेको गण्डकी प्रदेशकको मन्त्रिपरिषद बैठकले १२ वटा मन्त्रालय रहेकोमा ५ वटा घटाएर ७ मन्त्रालय बनाउने बैठकले निर्णय गरेको हो।
सत्ता साझेदार दलहरुकै सहमतिमा मन्त्रालयको संख्या घटाइएको गण्डकी प्रदेशका एक मन्त्रीले जानकारी दिए ।