Under Menu Ad KTM

वरिष्ठ गीतकार गिरीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’

काठमाडौं । वरिष्ठ गीतकार देवेन गिरी ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन् ।

संगीत महर्षी नातीकाजी ज्युको ९८ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपती बिद्यादेवी भण्डारी, नातीकाजी स्मृती समाजका अध्यक्ष समेत रहेका वरिष्ठ संगीतकार श्री शम्भुजित बासकोटा, वरिष्ठ साहित्यकार बैरागी काइँलाले गिरीलाई उक्त पुरस्कारबाट सम्मान गरेका हुन् ।

गीतसंगीतमा पुर्याएको योगदानको कदर गर्दै वरिष्ठ गीतकार गिरीलाई सम्मान गरिएको हो। देश बने पो हामी बन्छौं एक्लै बनेर के अर्थ हुन्छ र, तिमी भयौ बुढी पिपल जस्ता कालजयी गीतको सिर्जना गरेका गिरीका ३० वढी गीत बजारमा छन्।

पर्यटन व्यवसायमा समेत आवद्ध गिरीले ठमेलमा होटल म्याजेस्टिक र भोजघर रेष्टुरेन्ट सन्चालन गरिरहेका छन्।

Loading...