Under Menu Ad KTM

यो स्थानमा तीनदिन सार्बजनिक बिदा

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पर्साको स्थानीय सरकार ठोरी गाउँपालिकाले तामाङ समुदायको महान पर्व नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायले लिखित रूपमै बिदाको माग गरेकोले तीन दिनसम्म बिदा दिने निर्णय भएको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले जानकारी दिएका छन् ।

ल्होसारको मूख्य दिन माघ ८ गते आइतबार संघीय सरकारले पनि देशभर सार्बजनिक बिदा दिएको छ । तामाङ समुदायको बाहुल्य रहेका केही पालिकाहरुले भने ३ दिनसम्म बिदा दिएका छन् ।

Loading...