
काठमाडौं । पोल्याण्डमा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । करिब ३ महिनाअघि रोजगारीका लागि पोल्याण्ड पुगेका मोरङ निवासी गोविन्द न्यौपानेको मृत्यु भएको हो ।
गैर आवासीय नेपाली संघ पोल्याण्डका अनुसार न्यौपानेको सोचचजेवमा सवारी दुर्घटनामा परी असामयिक निधन भएको हो। न्यौपानेको दुर्घटनाप्रति एनआरएनए पोल्याण्डले गहिरो दु:ख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्द परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
एनआरएनए पोल्याण्ड भनेको छ, विगत करिव ३ महिना अघि पोल्याण्डमा वैदेशिक रोजगारको सिलसिलामा आउनुभएका मोरङ निवासी श्री गोविन्द न्याैपाने ज्युको मिति २३/१२/२०२२ मा Sochaczew मा सडक दुर्घटनामा परी अल्पा आयुमानै असामयिक निधन भएको खबरले हामीलाई गहिरो दु:ख पुर्याएको छ। यस दु:खद घडीमा दिवंगत आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना ब्यक्त गर्दछौं।”