Under Menu add (Inside news)

आफ्नै आगनमा अस्ताए पाइलट कमल केसी, शोकमा डुब्यो रुपा गाउँपालिका

पोखरा l पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका पाइलट कमल केसीको निधनले यतिखेर कास्कीको रुपा गाउँपालिका शोकमा डुबेको छ। आफ्नै आगनमा भएको केसीको निधनले परिवारजन त साह्रै पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उहाँको जन्मस्थान पोल्याङवासी र गाउँपालिकावासी मर्माहत भएका छन्।

केसीको रुपाको पोल्याङमा २०१९ सालमा जन्म भएको थियो। कमललाई विद्यालयमा प्राथमिक शिक्षा प्रदान गर्नुभएका उनका गुरु अग्रज पत्रकारसमेत रहनुभएका बद्री विनोद प्रतीक आफूलाई आजको दिनमा कमलको दुःखद निधन सुन्नुपर्दा मर्माहत बनाएको बताउनुभयो। कमलले हालको रुपा गाउँपालिका-१ को जटेश्वर माविमा कक्षा ५ सम्मको अध्ययन गर्नुभएको प्रतीकले बताउनुभयो। उहाँले भन्नुभयो, “कमल कक्षामा जहिले पनि प्रथम हुन्थे । सानैदेखि मेहनती र अनुशासित थिए।

को हुन् क्याप्टेन कमल केसी ?

दुर्घटनामा परेको यती एयरको ९ एन एएनसी जहाजलाई क्याप्टेन कमल केसीले उडाएको बुझिएको हो। पाइलट केसीले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए । उनी यती एयरलाइन्सको ७२ सिटे एटीआर जहाजको प्रशिक्षक पाइटल समेत हुन्।

लामाे समय सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगममा टिनवअनर जहाज चलाएका केसी निगम छोडेर यती एयरलाइन्स गएका थिए । उनीसँग ३२ वर्ष लामो समय जहाज उडाएकाे अनुभव थियाे। निगमकै एक क्यापटेनका अनुसार उनी निकै राम्रा र अनुभवी क्यापटेन हुन् ।

केसीले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको हुन सक्ने प्रत्यक्षर्शीको अनुमान छ। दुर्घटना नजिकै अल्कापुर भन्ने बस्ती छ । त्यही बस्ती बचाउन चालकले दुर्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको धेरैको अनुमान छ।

Loading...