Under Menu Ad KTM

पर्सी सार्बजनिक बिदा !

काठमाडौँ । सरकारले माघ दुई गते अर्थात सोमबार (पर्सी) सार्बजनिक बिदा दिने भएको छ । लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउनका लागि सार्बजनिक बिदा दिएको हो । यही माघ २ गते राप्ती उपत्यकास्थित मुख्यमन्त्री निवास परिसरमा माघी महोत्सव मनाउने र सार्बजनिक बिदा दिर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

यसअघिका प्रदेश सरकारहरूले घोषणा गरेअनुसार वर्तमान सरकारले पनि माघी महोत्सव मनाउने र प्रदेशभर सार्बजनिक बिदा दिने भएको हो । शुक्रबार मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकमा माघे संक्रान्ती/माघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रमलाई विशेष र व्यवस्थित बनाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई जिम्मेवारी समेत दिइएको छ।

प्रदेश सरकारका मन्त्रीहरू चेतनारायण आचार्य र कृष्णा केसी समेत सहभागी रहेको उक्त बैठकमा माघी महोत्सवका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, उत्कृष्ट झाँकीहरूलाई पुरस्कृत समेत गरिने आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए।

सचिव धमलाका अनुसार माघी महोत्सवका अवसरमा स्थानीय तहसँगको समन्वयमा २ वटा थारु झाँकी, २ वटा मगर झाँकी र १/१ वटा गुरूङ र नेवार झाँकी समेत प्रदर्शन गरिनेप्रति झाँकी २० हजार रुपैयाँ यातायात खर्चबापत उपलब्ध गराउने निर्णय भएको छ।

बैठकमा प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले तथा विभिन्न मन्त्रालयका सचिवहरूले मातहतका मन्त्रालयको अवस्थाका बारेमा मुख्यमन्त्री गिरीलाई जानकारी गराएका थिए। मुख्यमन्त्री गिरीले मन्त्रालय र मातहतका कार्यालयहरूबाट हुने सेवा प्रवाहलाई चुस्त, दुरूस्त र पारदर्शी बनाउन सचिवहरूलाई निर्देशन दिए।

प्रदेश सरकारले माघ गते योग दिवस र २ गते भूकम्प सुरक्षा दिवस समेत मनाउने निर्णय गरेको छ। तराइ क्षेत्रमा बसोबास गर्ने चौधरी समुदायको मूख्य पर्व माघीका अवसरमा लुम्बिनी प्रदेशले सार्बजनिक बिदा घोषणा गरेको भएपनि अन्य प्रदेश र पालिकाहरुले यस्तो निर्णय गरिसकेका छैनन् ।

Loading...