Under Menu Ad KTM

प्रदेश-१ को सभामुखमा माओवादीका गौतम निर्विरोध निर्वाचित

काठमाडौं । प्रदेश १ को सभामुखमा नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नु भएका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट गौतमको एकल उम्मेदवारी परेको थियो । उहाँलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि समर्थन रहेकाले कांग्रेसले उम्मेदवार खडा गरेको थिएन ।

त्यसकारण गौतम निर्विरोध हुनुभएको हो । बिहिबार बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरेको हो । प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको हो । गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुनुहन्छ।

प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ। एमाले र माओवादीबीच प्रदेश १ मा पदहरु भागवण्डा गर्दा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादी केन्द्रको भागमा राख्ने सहमति भएको थियो। उपसभामुखको निर्वाचनका लागि भने आज मनोनयन हुनेछ । एमालेबाट मुख्यमन्त्री हिक्मत कार्की बनिसक्नु भएको छ। उहाँले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिदै हुनुहन्छ।

Loading...