Under Menu Ad KTM

कर्णाली कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ ।

कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

दलको नेतामा दाबी गरिरहेका राजिवविक्रम शाह प्रस्तावक र जानकी सिंहको समर्थकमा उहाँ सर्वसम्मत दलको नेता चयन हुनुभएको हो । उहाँ अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ । शाही हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित हुनुभएको हो ।

Loading...