
काठमाडौं । श्रेष्ठकी छोरी विश्वकर्मासँग प्रेम विवाह गरेर आएकी संगीता श्रीमानको मायामा यति वेला रमाइरहेकी छिन्। समाजले हेला होचो गर्ने हो की भन्ने भय थियो तर कमाईले गर्दा त्यो चिन्ता हट्यो । सबैले राम्रो भन्न थालेका छन् ।
विवाहपछि माइतीसँग भने त्यति सम्पर्कमा नरहेका कारण संगीता निकै भावुक हुन्छिन् । माइतीलाई सन्देश भन्दै भन्छिन्’ हजुरहरुको मनमा लाग्छ होला छोरी सानो जातमा गयो भनेर तर जस्तो जातमा गए पनि म निक्कै खुशी छु ।
‘अब आफ्नै जातमा गएको भए पनि दुःख पाएको थिएँ भने त्यहाँ तपाईहरूलाई नै नराम्रो हुन्थ्यो होला तर म सानै जातसँग आएपनि परिवारको साथ अनि स्पोर्ट रहेको छ एकदमै खुशी छ मलाई। तपाईहरुको ज्वाईले पनि राम्रो गर्नु भएको छ अनि घर परिवारले पनि साथ दिनु भएको छ त्यसैले मेरो चिन्ता लिनु पर्दैन।’
धेरै काम अनी संघर्ष गर्दा असफल भए पछि यो जोडी काम कै खोजीमा काठमाडौं आए पछि सामान्य खर्च समेत नरहेको उक्त जोडीले झन्डै आधा करोडको व्यवसाय बनाएका छन् । जातकै कारण ससुराली जान नपाएको रमेशले भने यो कुरालाई सामान्य नै लिएका छन्।
त्यस्तै रमेशको बुझाईमा जात जातिको बारेमा यस्तो तर्क रहेछ,’ मान्छेको आफ्नो–आफ्नो सोचाइमा भर पर्छ किन भनें अहिलेको अवस्थामा प्राय कम नै मान्छेले आफ्नो जात जाति भनेर विवाह गर्ने चलन हराएको छ। मन मिल्नेहरुले जात जाति कहिले हेर्दैनन् तर अब बुढा पाका मान्छेहरूकोपनि आफ्नै रितिरिवाज हुन्छ होला त्यसैले मैले यो कुरालाई सामान्य रूपमा नै लिन्छु।’
संगीता श्रेष्ठले आफ्ना विश्वकर्मा प्रेमीसँग अन्तरजातीय विवाह गरेपछि उनले कहिले घर नजाने निधो गरेकी थिइन् । त्यसै क्रममा उनी आफ्ना प्रेमी सँग टिकटकमा आएर भिडियो अपलोड गर्न थालिन् र केही समयमा नै उनीहरूको जोड़ी निकै नै चर्चमा पुग्यो र उनीहरूको दुःखको दिन सकिदै गएको छ । टिकटकबाटपनि पैसा आउँन थालेको छ भने व्यवसायबाटपनि राम्रै कमाई छ । जनबाेलीबाट