Under Menu Ad KTM

नयाँ नोट पाउन पनि जनतालाई किन यस्तो सास्ती र हैरानी ?

रुषा थापा/काठमाडौँ । राष्ट्रिय बैंकले भर्दौ २६ गतेदेखि नयाँ नोट सटही खुला गरेको थियो तर अहिले नै वित्तिय संस्थाहरुले नयाँ नोट सिधिँयो भनेर जनतालाई खाली हात फकाई रहेका छन् । राष्ट्रिय बैंकले नोट सटही खुला गरेको धेरै दिन पनि भएको छैन तर यति छिटो कसरी नयाँ नोट सिधिँयो ।

यसबाट त कि राष्ट्रिय बैंकले कम मात्र नयाँ नोट छापेको वा भएर पनि कमिशनको लोपमा जनतालाई नदिएको जस्तो लाग्दैँन । नयाँ नोट साट्ने ठाउँमा त यस्तो बेथिति छ भने अन्य क्षेत्रमा कति बेथिति होला ।

अहिले वित्तिय संस्थाहरुमा नयाँ नोट साट्न गएमा त्यँहा नयाँ नोट नरहेको भनिने वा नोट साटेको पनि आफूखुशी कमिशन लिइने गरिरहेको पाइन्छ । वित्तिय संस्थाले भनेजति कमिशन दिएमा मात्र नयाँ नोट साट्ने गरिन्छ । उदाहरणका लागि अहिले वित्तिय संस्थाअनुसार १० हजारको नयाँ नोट साटेमा ३ सयसम्म कमिशन लिइरहेको पाइन्छ ।

नयाँ नोट दशैँमा टिका लगाएर दक्षिणाको रुपमा दिन आवश्यक पर्छ । त्यसकारण नै मानिसहरु नयाँ नोट साट्न वित्तिय संसथामा जान्छन् तर त्यँहा सजिलैसँग नयाँ नोट साट्न पाइदैँन । नयाँ नोट सटही सरकार वा राष्ट्रिय बैंकले वर्षको एक पटक वा दशैँको समयमा मात्र खुला गर्ने छ त्यसकारण अब सरकारले जहिलेपनि नयाँ नोट साट्न पाउने व्यवस्था मिलाउनुपर्छ ।

सरकार वा राष्ट्रिय बैंकले दशैँ आउन १५ दिन बाँकी हुँदा मात्र नयाँ नोट सटही खुला गर्ने गर्छ । जसले गर्दा नयाँ नोट साट्न जनताको लर्को लाग्ने गर्छ । साथै नयाँ नोट साट्न पनि कि भन्सुन गर्नुपर्ने होइन भने वित्तिय संस्थाले मागेजति कमिशन दिनुपर्ने । किन नयाँ नोट पाउन पनि यति सास्ती । यदि भन्सुन गर्न नसकेमा वा कमिशन दिन नसकेमा सिधासाधी जनताहरु नयाँ नोट पाउनबाट नै वञ्चित हुने ।

नयाँ नोट साट्न पनि सिण्डिकेट , सरकार । पैसा साट्ने क्षेत्रमा त सरकारले सिण्डिकेट हटाउन सक्दैन भने अन्य क्षेत्रमा रहेको सिण्डिकेट कसरी हटाउन सक्छ । जनताको माग रहेको छ, अबदेखि हामीले अघिपछि पनि नयाँ नोट साट्न पाउनुपर्छ । यदि सरकारले अबपनि नयाँ नोट सटही अघिपछि खुला नगरी दशैँमा मात्र खुला गर्ने हो भने यसले गर्दा जनतालाई त सास्ती छ नै साथै राज्यलाई पनि घाटा हुने गर्छ । नयाँ नोट साट्दा राज्यलाई पनि राजस्व आउने भएकाले यसले राज्यलाई धेरै फाइदा रहेको छ ।

सरकारले पछिल्लो समय १ रुपैँया वा दुई रुपैँयाहरुको सिक्का निकाल्न बन्द गप्यो अब यो पनि निकाल्न सुरु गर्नुपर्छ । अहिले दशैँका लागि नयाँ नोट साट्नेहरुको संख्या बढिरहेको छ तर आफूले भनेजति पैसा साट्न नपाउँदा जनताहरु दुःखी पनि छन् । महंगो कमिशन तिरेर नयाँ नोट साट्छु भन्दा पनि साट्न नपाउने कति चाहिँ अभाग्यी रहेछौँ त हामीहरु ।

अहिले दशैँका लागि मानिसहरु धमाधम आआफ्नो गाउँघर जान थालिसकेका छन् । कति मानिसहरु दशैँका लागि नयाँ नोट साट्न नपाएर नयाँ नोट नै नलिइ गाउँघर गइरहेका छन् भने कति मानिसहरु नयाँ नोट साट्न वित्तिय संस्थामा दौडधुप गरिरहेका छन् । तर राष्ट्रिय बैंकले जहिलेपनि नयाँ नोट कम मात्र छाप्ने हुँदा यसले बजारमा हाहाकार फैलाउने गर्छ ।

जनताहरु भने दशैँका लागि वित्तिय संस्थामा नयाँ नोट साट्न दौडधुप गरिरहेका छन् तर पाएका छैनन् । अहिले कति मानिसहरु कुन बैंक वा सहकारीले नयाँ नोट साटदिन्छ भनेर बुझ्रन हिडिरहेका छन् । यसरी एउटा नयाँ नोट साट्न त नेपालमा सेवासुविधा छैन भने अन्य सेवासुविधा त सरकारले हामी जनतालाई के नै दिन्थ्यो होला ।

यसपालिको दशैँमा कति मानिसहरुसँग त नयाँ नोट साट्न पैसा पनि छैन । यो हुनुको कारण सहकारीहरुले आफूले वर्षभरि गरेर कमाएको पैसा फिर्ता नदिनु वा भाग्नु हो । साथै यता बैंकहरुमा पनि आफ्नो पैसा निकाल्न गएमा त्यहाँ भनेजति पैसा नदिने र बजारमा पनि पैसाको हाहाकार भइरहेको छ । अहिले सहकारीहरुले जनताले राखेको पैसा नदिएपछि वा लिएर भागेपछि मानिसहरुले मिटरब्याजमा ऋण लिएर दशैँ मान्नुपर्ने अवस्था सिर्जना भएको छ । पछिल्लो समय बजारमा १ लाख रकम लिएमा महिनाको ५ हजारदेखि ३० हजारसम्म ब्याज लिइने गरेको सुनिन्छ ।

यो सबै वित्तिय संस्थाले बचतकर्ताको पैसा फिर्ता नदिनु, धितो राखेर ऋण नदिनु वा बजारमा पैसाको हाहाकार हुनु हो । जनताले अहिले महंगो ब्याजमा ऋण काटेर भएपनि घरखर्च र चाडपर्व मनाउनुपर्ने अवस्था सिर्जना भएको छ । यसपालिको दशैँ महंगी र पैसाको हाहाकारका कारण जनतालाई मनाउन नै गाह्रो परिरहेको छ ।

साथै अहिले बजारमा १ हजारको नयाँ नोट साटेमा २ सय रुपैँयासम्म लिएर साटिन्छ भनेर पनि सुनिन्छ । के यत्रो महंगो पैसा लिएर जनताले नयाँ नोट साट्न सक्छन् । राष्ट्रिय बैंकले दशैँका लागि छापेको नयाँ नोट के सबै कमिशन खाएर व्यापारीलाई दिएको हो । यता जनता भने नयाँ नोट साट्नबाट वञ्चित छन् भने राष्ट्रिय बैंक कमिशन खान व्यस्त छ ।

दशैँको समयमा जनताले नयाँ नोट साट्न नपाएर वा पैसा नपाएपछि यसपालिको दशैँ नमिठो हुन पुगेको छ । तर यसमा सरकारको ध्यान गएको छैन । हामी नेपालीहरु जति दलालीले ठगेपनि वा लुटेपनि सहिरह्छौँ । किनभन्दा हामीसँग यसबाहेक अरु विकल्प नै छैन ।

यसरी नयाँ नोट साट्न पनि बिचौलियाहरुको बिगबिगी हुने र सर्वसाधारणले नपाउने । राष्ट्रिय बैंक र बिचौलियाहरुको मिलोमत्तोमा नै यस्तो काम भइरहेको भनेर जनताले अहिले बुझ्रछन् । नयाँ नोटमा पनि किन जहिलेपनि एकाधिकार, किन छैन खुला प्रतिस्पर्धा । राष्ट्रिय बैंकले जनताको करबाट जनता कै लागि भनेर नयाँ नोट छाप्ने गर्छ तर यँहा त बिचौलिया नयाँ नोट साटेर कमिशन खान पल्केका छन् ।

सर्वसाधारणहरुले भने नयाँ नोट साटन पनि पाएका छैनन् र साट्नबाट पनि वञ्चित भएका छन् । सर्वसाधारणका लागि सरकारले नयाँ नोट छाप्ने तर सर्वसाधारणले नै नयाँ नोट नपाउने । यस्तो बेथितिको अन्त्य कहिले हुन्छ, सरकार । नयाँ नोट साट्न पाउने र चलाउन पाउने अधिकार त जनताको होइन र , सरकार । तर जनताको अधिकारमाथि कमिशनको खेलमा जनतालाई किन नयाँ नोट साट्नबाट वञ्चित गराइन्छ ।

अन्य क्षेत्रमा त कमिशनको खेल छ नै तर नयाँ नोट साट्ने ठाउँमा पनि कमिशन र बेथिति रहेको छ भनेर जनता नै बताउँछन् । जनताकै लागि भनेर नयाँ नोट छाप्ने तर जनतालाई नै नयाँ नोट साट्नबाट वञ्चित गराए कमिशन खाएर व्यापारीलाई दिने । के यस्तो पनि हुन्छ, सरकार । सरकारले जनताको लागि भनेर छापेको नोट त सर्वसाधारणले सजिलैँसँग साट्न पाऊन् नि त ।

यँहा त नोट साट्न पनि भन्सुन, कमिशन चाहिन्छ । साथै लाइनमा समेत बस्नुपर्छ । अब सरकारले नयाँ नोट सटही जहिले पनि खुला गर्नुपर्छ र नयाँ नोट साट्दा जनताले व्यापारीलाई दिनुपर्ने कमिशन वा भन्सुनको पनि अन्त्य गर्नुपर्छ । वित्तिय संस्थाहरुमा नयाँ नोट भएपनि छैन भनेर भनिन्छ र आफ्नो आफन्त र कमिशन दिनेलाई मात्र दिइन्छ । नयाँ नोट साट्न पाउने जनताको अधिकारमाथि व्यापार र खेलबाड भइरहेको छ ।

वित्तिय संस्थाहरु कै मिलोमत्तोमा अहिले जनता ठगिने काम भइरहेको छ । तर यस्ता वित्तिय संस्थाहरुलाई कारबाही कसले गर्ने । यसको अनुगमन अब कसले गर्छ । वित्तिय संस्थाहरु जनताका सेवक हुन् भनेर भन्छन् तर यिनीहरु त जनता ठगहरु हुन् । यस्तो बेथितिहरुको अन्त्य कहिले हुन्छ । नयाँ नोट साट्न जनतालाई जति दूःख, कष्ट भएपनि वा साट्नबाट वञ्चित भएपनि राष्ट्रिय बेंकका गर्भनर महाप्रसाद अधिकारीलाई केही चासो रहेको छैन । उनी त कहाँबाट कमिशन आउँछ भन्ने सोचमा नै मग्न छन् ।

साथै, यता बैंकहरुले १ लाखको चेक साट्न मान्दैन र ५ लाखको चेक साट्नु परेमा ५ दिनसम्म रुकाउँछ । अहिले वित्तिय संस्थामा पैसा निकाल्नेको भिड लागेको छ भने राख्नेहरु कोही रहेको छैन । त्यस्तै यता सहकारीहरुले ५ हजार रुपैँया फिर्ता गर्न सक्दैँन । सहकारीहरु दिनहुँ रुपमा भागिरहेका छन् । सहकारी विभागका महानिर्दैशक रुदप्रसाद पण्डित सहकारीहरुले जनतालाई जति ठगेपनि वा पैसा लिएर भागेपनि चुपचाप छन् ।

अहिले जनताको पैसा लिएर भाग्ने सहकारीहरुलाई विभागले अनुगमन गरी कारबाही गरेको छैन । आज सहकारीहरु कै कारण ९१ लाख मानिसहरुको १० खर्ब रकम डुबेको पाइन्छ । सहकारीमा पैसा राख्नेहरु अहिले मर्नु कि बाँच्नु भनेर हिडिरहेका छन् । सहकारीले पैसा फिर्ता नदिएपछि कति मानिसहरु दशैँमा आफ्नो घरगाउँ जान पनि पाएका छैनन् र बजारमा किनमेल गर्न जान पनि पाएनन् ।

सहकारी विभागले कर लिनका लागि जनता ठग्ने वा डुबाउने सहकारीहरुलाई कारबाही पनि गदैनन् बरु त्यस्ताहरुसँग कमिशन खाएर बस्छ । सहकारीहरुले अहिलेपनि महंगो ब्याजको प्रलोभनमा जनता फसाइरहेका छन् र जनताहरु पनि ब्याजको लोपमा डुबिरेहका छन् । यसरी सहकारीहरुले जनतालाई फसाएर डुबाउँदा पनि विभागले सहकारीमा पैसा नराखौँ भनेर सुचना जारी गरेको छैन ।

सहकारीमा आफ्नो बचत निकाल्न जाने जनताहरुलाई सहकारीले पैसा फिर्ता नदिएपछि उनीहरु खाली हात फर्किरहेका छन् । अहिले सहकारी कै कारण कति जनताको घरमा रुवाबासी चलिरहेको छ । पछिल्लो समय बजारमा जनताहरु नै भन्छन्, यदि कसैलाई पैसा डुबाउनु परेमा वा माया मार्नु परेमा आफ्नो पैसा सहकारीमा लगेर राख्नुस् । अहिले सहकारीलाई जनताले विश्वास गर्दैनन् ।

सहकारी भनेको जनता ठग्ने संस्था हो भनेर जनता भन्छन् । सहकारीमा पैसा नराखौँ , आफ्नो रकम आफैँ सुरक्षित राखौँ । किनभन्दा यिनीहरुले घरजग्गा, सेयर र गाडीमा आफ्नो सम्पूर्ण लगानी गरे जसले गर्दा आज यिनीहरु डुबाइसकेका छन् । साथै यी चिजमा लगानी गर्ने मानिसहरु पनि अहिले ऋण तिर्न नसकेर भगाभाग गरिरहेका छन् । यि चिजहरुमा अहिले मन्दी आएको छ । जसले गर्दा बेच्ने यत्तिकै छन् भने किन्ने कोहि छैन ।

Loading...