काँग्रेस निर्वाचन घोषणापत्रको मस्यौदा पारित

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन घोषणापत्रको प्रारम्भिक मस्यौदा पारित गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको ‘नेपाली काँग्रेस स्थानीय तह निर्वाचन घोषणापत्र’को पारम्भिक मस्यौदा पारित गरेको हो।

बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यले दिएका सुझावलाई समावेश गरेर स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समितिले अन्तिम रुप दिने गरी पारित भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

Advertisement

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु- महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, जीवन परियार र सदस्यहरु विजयकुमार गच्छदार, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, जीपछिरिङ लामा र एन.पी. साउदले आ–आफ्नो धारणा राख्नु भएको थियो।

More News last news
Loading...