नयाँ दिल्ली l प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् । मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् ।
मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ । १३ जना नेताहरुको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् ।बाइडेनको एप्रोभल रेटिङ ४३ प्रतिशत छ ।
बाइडेनको पछि क्रमश क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन छन् । मोदीपछि मेक्सिकोका राष्ट्रपति लोफेज ओब्रादर दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा इटालीका प्रधानमन्त्री मारियो ड्राघी छन् ।
ओब्रादर र ड्राघीको एप्रोभल रेटिङ ६६ र ६० प्रतिशत छ । सन् १९५० सेप्टेम्बर १७ मा भारतको गुजरातमा जन्मिएका नरेन्द्र दामोदर दास मोदी हाल भारतमा दोस्रो पटक प्रधानमन्त्री भएर कार्यभार सम्हाली रहेका छन् ।
उनी यसअघि २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री बनेका थिए । सन् २०१४ र २०१९ मा भएको निर्वाचनमा भारी मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
