देउवा अझै सफल सभापति बन्नुहुन्छ, कांग्रेस झन् स्प्रिडमा हिँड्छ : आनन्दराज त्रिपाठी (अन्तरवार्ता)

देशकै जेठो प्रजातान्त्रिक दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य पाइसकेको छ । सभापतिले मनोनित गर्न पाउने ३३ जना केन्द्रीय सदस्य मध्ये केही सदस्य मनोनित पनि भइसकेका छन् । महाधिवेशनपछि पार्टीको दुई पटक केन्द्रीय समितिको बैठक पनि बसिसकेको छ । मूख्यतः तीन धारमा देखिएको कांग्रेसमा महाधिवेशन पछि भने धमिलिएको प्रजातान्त्रिक प्रक्रियालाई मानेर जाने संस्कारको विकास भएको छ । महाधिवेशनमा दोस्रो पटक विजयी शेर बहादुर देउवा पक्षबाट अधिकांस नेताहरु विजयी भएका छन् भने अन्य समुहबाट पनि प्रतिनिधित्व राम्रै भएको देखिन्छ । अब दोस्रो इनिङमा सभापति देउवा कति सफल होलान् ? आगामी निर्वाचन, पार्टीभित्रको भित्री राजनीतिका बारेमा नेविसंघका पूर्व महामन्त्री तथा तनहुँका युवा नेता आनन्दराज त्रिपाठीसँग गरिएको कुराकानी ।

तपाई निवर्तमान नेपाल विद्यार्थी संघको महामन्त्री भइसकेको व्यक्ति देउवाले तपाईलाई केन्द्रीय सदस्यको टिकट नै दिन आखिर किन पत्याउनुभएन ?

Advertisement

वास्तवमा नेपाली काँग्रेसको १४ महाधिवेशन सम्पन्न भएको छ । १४ औँ महाधिवेशन देशभरका सबै साथीभाईहरुको सबै क्षेत्रबाट भुगोल देखि लिएर सबै जातजाती, आरक्षण, पिछडिएका वर्ग देखि लिएर अपाङ्गता सबै केन्द्रीय कार्यसमितिको चुनाव सम्पन्न भएको छ । मेरो आफ्नो सन्दर्भ भन्दै गर्दा नेपाल विद्यार्थी संघमा मैले धेरै लामो समयसम्म राजनीति गरेको छु । मेरो पितापुर्खा देखिनै पार्टीको संस्थापन लम्जुङको सभापति भएर स्वर्गीय रोयनाथ त्रिपाठीजीले पनि धेरै लामो समसयसम्म काम गर्नुभएको र हामीले अहिलेसम्म आउँदा तीन पुस्ता राजनीति गरेका छौँ ।

मैले नविसंघमा राजनीति धेरै लामो समयसम्म गरेँ युनियन देखि लिएर सबैमा एक किसिमको राजनैतिक अभियानलाई मैले आफ्नो व्यक्तिगत जीवनमा धेरै ठुलो लगानी पनि गरेको हो । यद्धपी नेविसंघमा केन्द्रीय अध्यक्ष पनि लडेँ र लडेँपछि महामन्त्री पनि भएँ । महामन्त्री भएर मैले छोटो समय काम गरे । अहिले आउँदै गर्दा १४ औँ महाधिवेशनमा निश्चय पनि मलाई नेपाली काँग्रेसको अहिलेको तत्कालीन पार्टी सभापतिसँगै जोडिएर हेरिन्छ त्यो मेरो गौरवको कुरा पनि हो । यद्धपी म आफ्नो कर्ममा विश्वास गर्ने मान्छे भएकोले अहिले गएको १४ औँ महाधिवेशनमा उमेद्वार पनि बने ।

ठ्याक्कै उमेद्वार बन्दा म ३५ खुलातर्फ मैले पहिल्यै सोचविचार गरेको थिएँ कि पार्टीमा अब नयाँ किसिमको युवाहरुको प्रतिनिधित्व हुनुपर्छ र युवाहरुले पनि यो पार्टीलाई केही नयाँ ढङ्ग र यो परिपक्क पुरानो पुस्ताको परिपक्कता र नयाँ पुस्ताहरुको पनि समिश्रणबाट पार्टीलाई अगाडी बढाउनु पर्छ भने १४ औँ महाधिवेशनमा एक किसिमको मेन्टालिटी महाधिवेशन प्रतिनिधी जितेपछिको बनाएको अवस्था पनि हो । यद्धपी महाधिवेशनमा धेरै तयारी पनि गर्न पाइन र मलाई के पनि लागेको थियो भने सबै साथीभाईहरु टिममा अटिसकेपछि म पनि त्यही किसिमले अट्छु कि भन्ने थियो । तर त्यो पनि सम्भव भएन ।

सभापतिसँग भने आफ्नो कुरा राखेको थिए । सभापतिलाई पनि गाह्रै हुँदो हो किनकी सबै प्रदेशबाट सेलेक्सन गर्ने कुरा थियो । मैले सबै भुगोलका नेताहरुलाई आफ्नो कुरा भनेको थिए । म चाहिँ यसरी जुन कलस्टरमा भएनी मलाई चाहिँ खुल्ला ३५ मा राखिदिंदा नि खस आर्य मै राखिदिँदा नि हुन्छ । अथवा भुगोल ३५ मै राखिदिंदा नि हुन्छ भन्ने आफ्नो कुरा पनि राखेको थियो । नपरे पनि म आफ्नै किसिमले केन्द्रीय समितिमा उमेद्वारी दिएँ । देशभरका साथीभाईको एउटा माया ममता मैले प्राप्त गरेको छुँ । जो मैले व्यक्तिगत रुपमै ६१० भोट पाएँ । म यसमा खूशी छु । चुनाव जित्दैमा एकदमै खुशी हुनुपर्ने र हार्दैमा बेखुशी हुनुपर्ने पनि छैन ।

अधिवेशनलाई ठ्याक्कै कसरी लिनुभयो ?

मैले अवलोकन गर्दा धेरै मान्छेहरु, महाधिवेशन प्रतिनिधीहरुले बढी टिमलाई नै रोज्नुभएको देखियो । यस कारणले गर्दा म ठ्याक्कै टिम भन्दा बाहिर पर्दा अलिकति अप्ठ्यारो भएको मैले महसुस गरेँ । समग्रमा टिम मिलेर आएको छ । कांग्रेसले फेरि होनहार युवाहरुको नेतृत्व पाएको छ ।

तत्काल तपाई बाहिर हुनुहुन्छ, तैपनि तपाईको विचारमा अब काँग्रेसको राजनीति कस्तो हुनुपर्छ ?

केन्द्रीय कार्यसमितीमा नपुग्नु फरक कुरा हो । नत्र भने त आम मान्छेहरु नेपाली काँग्रेसको चारतारे झण्डा मनि लोकतन्त्र, समाजवाद राष्ट्रियता प्रति हामी द्धढ संकल्पीत भएर लागेका छौँ । र जो भित्र भएपनि भित्र हुनेले कार्यसमितीमा बस्नु हुनेहरुले अहिलेको २१ औँ शताब्दी अनुसारको संगठन चाँहि निर्माण गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । पार्टी सभापति अनुभवी र परिपक्क हुनुहुन्छ । केन्द्रीय समितिमा युवाहरुको पनि बेजोड रुपमा उपस्थित भएको कारणले गर्दा नेपाली काँग्रेसले एउटा काँचुली निश्चय पनिर्फे । पुरानो पुस्ता र नयाँ पुस्ताको बेजोड समिश्रणले मलाई लाग्छ आउने जुनसुकै स्थानीय तहको निर्वाचन होस्, चाँहे प्रदेश सभाको निर्वाचन होस्, चाहे संघको निर्वाचनमा होस् शेरबहादुर दाईकै नेतृत्वमा काँग्रेसले एउटा बलियो संगठन निर्माण गर्दै आगामी अधिवेशनमा काँग्रेसको बहुमतको सरकार हुन्छ भन्ने मैले पूर्ण विश्वास लिएको छु ।

भनेपछि देउवा दास्रोपटक एकदम सफल सभापति भएर निस्कनुहुन्छ ?

निश्चय पनि हामीले १३ औँ महाधिवेशनमा हेयौँ त्यहाँ म एउटा महाधिवेशन प्रतिनिधिको हैसियतमा उपस्थित भएको थिएँ र त्यो बेलामा तत्कालीन ८५ जनाको कार्यसमिति थियो । र पहिलेको हेर्दा र अहिलेको कार्यसमिति हेर्दा मलाई लाग्छ पार्टी धेरै माथी उठ्छ र पार्टीले लिएको लक्ष्य प्राप्त गर्दछ भन्ने छ । किनभने हिजोको १३ औँ महाधिवेशनमा पार्टी भित्र धेरै गिजलिएको थियो । र पार्टीभित्र भाग खोज्ने कुराले पनि धेरै प्रसय पायो, पार्टीभित्र जुन उदेश्य जुन गति लिनुपर्ने थियो त्यो बेला वास्तवमा पार्टी सभापतिलाई कुनै न कुनै अल्झनमा पारियो ।

हारेपछि हार्नेले सहयोग गर्नुपर्ने जुन किसिमको परिपाटी हाम्रो भित्र भएन । अहिले सभापतिमा पराजीत शेखर कोइराल ज्यू, युवा पूस्ताका महामन्त्रीहरुले पनि पार्टी भागबण्डामा जाँदैन । पार्टी एउटा विचारमा, एउटा विधिमा र एउटा पद्धतीमा जान्छ । त्यो अनुसारको पार्टी सभापतिलाई सहयोग गरिन्छ भन्नुभउको छ त्यो वास्तवमा सहि पनि छ । खोजेको पनि त्यही हो । तर अहिलेको जुन १४ औँ महाधिवेशनमा देशभरका साथीभाईले वास्तवमा हिजोभन्दा आज सभापतिलाई अझ बलियो बनाइदिनु भएको छ ।

मलाई लाग्छ, अब पार्टी सभापतिलाई अरु केही लिनु दिनु छैन, केही दिनु पनि छैन उहाँहरुलाई सिर्फ यो पार्टीमा उहाँले धेरै ठुलो लागानी त्याग गर्नुभयो । एउटा सदुरपश्चिमको मान्छे नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति हुँदै आज प्रधानमन्त्री, पार्टी सभापति दुई चोटी हुनुभयो । मलाई लाग्छ त्यही भएर नै पार्टी सभापतिको अब एउटै दृष्टि छ कि पार्टीलाई प्रजातान्त्रिक पार्टी र सफल सभापतिको रुपमा उपस्थित भएर आउने पुस्तालाई राम्रो किसीमको पार्टी हस्तानतरण गर्ने र सरकारको नेतृत्व गरेर आउने सरकारले गर्ने निर्वाचनहलाई पनि सफल बनाउनु छ । उहाँ यसपक पक्कै सफल सभापति हुनुहुने छ ।

स्थानीय, प्रदेश र संघीय निर्वाचनमा काँग्रेस एक्लै चुनावी मैदानमा होमिनुपर्छ या गठबन्धनका दलहरु मिलेर जानु ठिक हुन्छ ?

निर्वाचनका विषयमा त पार्टीले नै एउटा स्पष्ट ठोस दृष्टिकोण बनाउँला । व्यक्तिगत रुपमा मैले पार्टी मिलेर जानुपर्ने अथवा पार्टी सिंगल रुपमा जानुपर्ने भन्दा पनि हामी पार्टीको एउटा कार्यकर्ता हो । हिजो पार्टीले कहीँ मिलेर जानुपर्छ भन्दा हामीले आफुंलाई आत्म मुल्याङ्कन गरेर पनि भोट हाल्ने पद्धतीमा हामी थियौँ । मलाई लाग्छ त्यो चाँही केन्द्रीय सभापति ज्यू र सिङ्गो कार्यसमितिबाट एउटा स्पष्ट दृष्टिकोण आउला । अहिलेको समय अनुकुल अन्य प्रतिष्पर्धी सँग लड्न सक्ने काँग्रेसको आफ्नो क्यारेक्टर त छँदै छ किनभने हिजो पनि लडेको थियो । २००७ सालदेखि काँग्रेस एक्लै लडेको हो चाहे त्यो पञ्चायती व्यस्थासँग होस्, चाँहे राणशासन विरुद्ध होस् हरेक मुद्धामा काँग्रेस एक्लै लडेको थियो भने काँग्रेसले अरुलाई पनि ल्याएको थियोे । हामी सक्षम पनि छौँ र आम कार्यकर्ताको बुझाइ पनि अब काँग्रेस पार्टी एक्लै लड्नपर्छ भन्ने छ । भुगोलका कुराहरु हुन्छन् अन्य कतिपय कुराहरु हुन्छन् । अब पार्टीले एउटा निती बनाउला ।

सभापतिले केन्द्रीय समितिमा मनोनित गर्न पाउने ३३ जनामध्ये केही व्यक्तिहरुलाई मनोनित गरिसक्नुभयो अझै केही गर्न बाँकी छ । तपाई त पर्नुभएन नि ?

भर्खरै महाधिवेशन सकिएको छ । सभापतिले केन्द्रीय समितिमा केही नेताहरुलाई मनोनित गर्नुभएको छ। उहाँले निर्वाचन प्रकृयाबाटै बाहिर रहनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेल देखि, सभापति, महामन्त्रीमा पराजीत उमेद्वारहरुलाई केन्द्रीय समितिमा ल्याउनु भएको छ । त्यो जायज कुरा पनि हो । उहाँहरु केन्द्रीय समितिमा आउनु अस्वभाविक कुरै होइन । अझै केही सदस्यहरु मनोनित हुन बाँकी छ। त्यसमा सभापतिले आफुँलाई सहयोग गर्ने र पार्टीलाई योगदान गरेका नेताहरु नै छानेर केन्द्रीय सदस्य मनोनित गर्नुहुन्छ । त्यसमा म पर्नु र नपर्नु ठुलो कुरा होइन । म पार्टीको बफादार कार्यकर्ता हुँ । मलाई पार्टीले कहाँ के जिम्मेवारी दिन्छ म त्यो काम गर्छु ।

आम महाधिवेशन प्रतिनिधि र कार्यकर्तालाई के भन्न चाहनुहुन्छ ?

कांग्रेसको १४औँ महाधिवेशनमा मैले ६१० जना साथीभाइको माया पाएको छु । मलाई थुप्रै माया गर्ने साथीभाईहरुलाई मैले फोन गरेर भन्न पनि भ्याइन । यद्धपी मैले आफुँले पाएको मतलाई एउटा उर्जाको रुपमा लिएको छु । म यही उर्जाका साथ आउने ५ वर्षमा एउटा अबिरल रुपमा जसरी एउटा गंगा नदी बग्ने गर्दछ त्यसरी नै यो संगठनमा आम रुपमा मेरो एउटा कार्यक्रम सहित मुलककै ७७ जिल्लामा फेरी एकचोटी पुग्ने छु । जो जति साथीभाईले मलाई मत दिनुभयो उहाँहरुलाई धन्यवाद दिन चहान्छु । र, नदिने साथीभाईहरुको पनि मन जित्नका लागी मेरो आफ्नो अभियान निरन्तर रुपमा जारी हुनेछ भन्ने आफ्नो एउटा रोड म्याप तयार गरेको छु ।

More News last news
Loading...