काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश २ को खुला क्लस्टरमा जंगीलाल यादवले पनि उम्मेदवारी दिएका थिए। तर, यादवले आइतबार उमेद्वारी फिर्ता लिएपछि उनीहरू निर्विरोध निर्वाचित भएको निर्वान समितिले जनाएको छ।
शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृतवका लागि १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ।
निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज ११ बजेसम्म उम्मेद्वारी फिर्ताको समय रहेपनि २ पटक समय थप गरी १२ः३० सम्म पुर्याइरहेको छ।
यसै क्रममा १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका मीन विश्वकर्माले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
