काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । उनी एक्लै महामन्त्रीमा उम्मेदवारी दर्ता गर्न गएका थिए।
महामन्त्रीमा उम्मेदवारी दर्ता गरेर फर्केपछि शर्माले आफूले प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएको घोषणा गरेका छन्।
पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार छनोटमा सहमति नजुटेपछि नेता सिंहले सभापतिमा अलग्गै उम्मेदवारी दिएका छन्। उनको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रवक्ता शर्मा लामो समय सभापति शेरबहादुर देउवाको प्यानलमा रहेका थिए। केही महिनाअघि नै महामन्त्रीमाा उम्मेदवारी घोषणा गरेका शर्माले देउवा पक्षको प्यानलमा पर्न नसकेपछि शेखर कोइरालाको प्यानलमा बस्ने पहल गरेका थिए।
तर त्यो पनि सम्भव नभएपछि उनी अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
