शेखर कोइरालाले गराए उम्मेद्वारी दर्ता, गगन, मिनेन्द्र, चन्द्र र जीवन पनि शेखर प्यानलमै

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि डा शेखर कोइरालाले सभापतिमा मनोनयन दर्ता गराएका छन्। कोइरालाले युवा पुस्ताका नेताहरूलाई टिममा राखेर प्यानल खडा गरेका छन् ।

शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको थियो।

Advertisement

सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेको एक नेताले जानकारी दिए।

उनीहरु सबैले शनिबार दिउँसो महाधिवेशनस्थल भृकुटीमण्डपमा गई उम्मेदवारी दर्ता गराएका हुन्।

शेखरले कांग्रेसका चर्चित युवा नेताहरू समेटेका छन्। उम्मेदवारी दर्ता गरेपछि शेखरले सहमतिकै टिम बनाएके दाबी गरे।

More News last news
Loading...