रमेश खरेलले घोषणा गरे नयाँ पार्टी

काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन्।

काठमाडौंमा शुक्रबार पत्रकारसम्मेलन गर्दै पूर्व डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन्।देशमा कुशासन व्याप्त भएकाले त्यसमा सुधार गर्न आफूले पार्टी खोलेको उनले बताए।

Advertisement

पूर्व डिआईजी खरेलले देश सुहाउँदो र सुशासनलाई प्रमुख एजेण्डा बनाउँदै नव गठित पार्टी अघि बढने बताए।

आफूले सेवा गर्नका लागि पार्टी खोलेको भन्दै खरेलले भने, मैले साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन। उनले राजनीतिमा लागेकाहरुमा सेवाको भन्दा पनि पेशाको भावना भएको बताए।

उनले सबै नागरिकको चासो र आवश्यकतालाई ध्यानमा राखेर जनतालाई धोका नदिने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए ।

More News last news
Loading...