काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजालाई एउटा पार्टी खोल्न चुनौती दिएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा नेता नेपालले पूर्वाजा ज्ञानेन्द्र शाहलाई नयाँ पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका हुन्।
उनले एउटै परिवारको वंशवाद आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्रले टाउको उठाउन नखोज्न चेतावनी दिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राजतन्त्र आवश्यक रहेको बताएपछि जवाफ दिँदै नेपालले यस्तो चेतावनी दिएका हुन्।नेपालले राजनीतिक दलहरूले कुरा धेरै गरेको र अब काम गर्नु पर्ने बताएका छन्।
जनताहरू राजनीतिक दलप्रति निराश भएको र यो अवस्थालाई अब सुधार गर्नु पर्ने उनले बताए। नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि देशका सबै दल यो बाटोमा लाग्ने विश्वास लिएका बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
