कांग्रेस महाधिवेशनको मञ्चमा लिङ्देन र प्रचण्डको दोहोरी

काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दल र तिनका नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिने गरेको बताएका छन्।

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले अहिले पनि दल र तिनका नेताहरुलाई बद्नाम गराउन खोजेको बताए ।

Advertisement

‘अघि एक जना नेता (राजेन्द्र लिङ्देन)ले भनेका थिए, नेता आयो भने चोर आयो भन्छन्’, उनले भने, राजनीतिक दल र तिनका नेतालाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिन्छ ।’

आन्दोलन र सडकमा रहँदा जनतामाझ गरिएको वाचा पूरा गर्न सत्तामा पुगेका बेला बिर्सिने राजनीतिक परिपाटीको समीक्षा गर्नुपर्ने बताएका उनले सरकार र दल भ्रष्टाचार नियन्त्रण गरेर जनताको चाहना र प्रतिबद्धता पूरा गर्न किन सकिएन भनेर समीक्षा गर्नुपर्ने बताए ।

सत्तामा पुगेपछि नेताहरुमा दम्भ बढेर आउने भएकाले काम गर्न नसकेको आफैँले अनुभव गरेको बताएका प्रचण्डले गत वर्षदेखि गणतन्त्र र राजनीतिक उपलब्धीमाथि खतरा बढेर गएको देखेको बताए ।

शान्ति वार्ता गर्ने पहिलो व्यक्ति शेरबहादुर देउवा रहेका भन्दै उनले शान्ति प्रक्रियालाई विभिन्न चुनौती पार गरेर पूरा गरेको बताए।

नेता आउँदा चोर आयो भन्छन्ः राजेन्द्र लिङ्देल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देलले अब राष्ट्रप्रमुखका रुपमा राजा र प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव गरेका छन् । शुक्रबार काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

कार्यक्रममा उनले आफूसहित सम्पूर्ण राजनीतिक दललाई सच्चिन पनि जोड दिए । सो क्रममा उनले भने, ‘सरकार सरकार जस्तो छैन संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन् । सबैलाई ठीक लगाउने राजनीतिले हो तर राजनीतिलाई ठिक लगाउने नेताले हो तर नेताप्रति सर्वसाधारणको विश्वास छैन । नेता आउँदा चोर आयो भन्छन् ।’ उनले दलको महाधिवेशन वैधानिकता प्रदान गर्ने मात्रै नभइ नेतृत्व चयन र बिग्रिएको छबी सुधार गर्ने अवसर पनि भएको बताए ।

मुलुकको जेठो राजनीतिक दल पूर्ण महाधिवेशनको सफलताको कामना गर्दै उनले उनले २०४७ सा पछि कुनै सरकारले पूरा कार्यकाल पुरा गर्न नसक्नु र कुनै पनि दल सिंगो नरहनुको कारण खोज्नु पर्ने पनि बताए । उनले भने, ‘यस विषयमा हामी सबैले ध्यान दिनुपर्छ । ।

उनले देशको राजनीति लिकबाट बाहिर गएको टिप्पणी पनि गरेका छन् । देशका तीनवटै संवैधानिक अंग लिक बाहिर गएको भन्दै नेताहरूले जनताको विश्वास गुमाएको आरोप लगाए ।

More News last news
Loading...