कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने स्कुटीवाली सांसद् शाहीको घोषणा

काठमाडौँ । स्कुटीवाली सांसद् भनेर चिनियकी हुम्लाकी सांसद् रंगमति शाहीले कांग्रेसको केन्द्रीय सदस्यमा उमेद्वारी दिने घोषणा गरेकी छन् ।

उक्त पदको मनोनयनको एक दिन अगाडी सासद् शाहीले कर्णाली प्रेदश महिला तर्फको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन ।

Advertisement

२०७४ सालको निर्वाचनपछि नेपाली कांग्रेसको अवस्था नाजुक रहेको बेला संसदमा प्रभावकारी भुमिका खेलेका कारण आफुँ केन्द्रीय सदस्य पदका लागि योग्य उम्मेद्वार भएको शाहीले बताएकी छन् ।

संसद्मा खेलेको भुमिकाकै कारण देशभरका कार्यकर्ताहरुको सुझाव अनुसार आफुँले १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएको उनले बताइन् ।

शाही प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेर बहादुर देउवा निकट मानिन्छिन् ।

More News last news
Loading...